पर्व नजिकिएसँगै अनुगमनमा  तीव्रता 

तानसेन । पाल्पाका अनुगमनका कार्यले तीव्रता पाएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लाका सबै पालिकामा अनुगमन गर्ने बताएको छ । दसैँ तिहार जस्ता मुख्य चाडपर्व आउँदै गर्दा बजारमा हुने कालोबजारी र अनियमितता लाई मध्यनजर गर्दै जिल्लामा  अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

उहाँका रिब्दीकोटको बतासे र कुसुमखोला मा अनुगमन गरिएको छ। बिस्तारै सबै पालिकामा अनुगमन गर्ने लक्ष्य प्रशासन कार्यालयले लिगेको बास्तोलाले बताउनुभयो ।

पछिल्लो समय पर्वलाई  लक्षित गरी हरेक वस्तुमा मूल्य बढाउने भएकाले अनुगमनलाई प्राथमिकतामा राखेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले  रिब्दीकोटका पसलमा गरेको  अनुगमनमा  अधिकांश पसलमा म्याद नाघेका अखाद्य वस्तुहरू र पेयपदार्थहरु लेभल नगरेका चामल मदिरा लगायतका बस्तु जफत गरेको छ ।

करदाता कार्यालय पाल्पा घरेलु कार्यालय र जिल्ला प्रशासन कार्यालय सहित रिब्दीकोट गाउँपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

अनुगमन गरिएका सबै जसो व्यवसायीहरूले स्थानीय तहमा व्यवसाय दर्ता नगरेको, मूल्य सूची टाँस नगरेको र म्याद नाघी सकेका खाद्य सामग्री उपभोक्तालाई नबेच्ने गरी छुट्टाएर अलग्गै राख्ने व्यवस्था नगरेको कारण केही सामान जफत गरी नष्ट गरेको र केही व्यापारीलाई न्यूनतम जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले बताउनु भयो । 

सम्बन्धित खवर