बगनासकालीले अशोज १८ देखि भत्ता वितरण गर्दै

पाल्पा । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता असोज १८ गतेदेखि वितरण गर्ने भएको छ ।

लाभग्राहीको सुबिधाको लागि आआफ्नो वडामार्फत भत्ता वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १८ गते वडा नं ९ को चापपानी सिएलसी भवन लिधिनडाँडाबाट भत्ता वितरणको काम सुरु हुने छ ।

यस्तैगरी १९ गते वडा नं ८ को वडा कार्यालय बराङ्गदीमा २० र २१ गते वडा नं ६ को गुगाँ माध्यमिक विद्यालय र सिता माध्यमिक विद्यालय, यम्घामा भत्ताको रकम वितरण गर्ने गरी सूचना सार्वजनिक गरिएको छ ।

यसैगरी २२ गते वडा नं ५ को वडा कार्यालय दर्लमडाँडा, २३ गते वडा नं ४ को कार्यालय खानीछाप, २४ गते वडा नं ३ को वडा कार्यालय आर्यभञ्ज्याङ्ग र २५ गते वडा नं २ को वडा कार्यालय पोखराथोक र २६ गते वडा नं ७ वडा कार्यालय खानीगाँउमा भत्ता वितरण गरिने गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । वडा नं १ चिर्तुङ्गधारामा भने असोज १८ गते नै साबिक नेपाल र्बैक लिमिटेडबाट नै रकम वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताउनुभयो । भत्ता बुझनका लागि लाभग्राहीले आफ्नो परिचय पत्र सहित स्वय उपस्थित हुनुपर्नेछ उहाँले बताउनुभयो ।

वडास्तरमा साामजिक सुरक्षा भत्ता वितरण गर्दाको समय लिन छुट भएका लाभग्राहीहरुले नेपाल बैक लिमिटेडको जुनसुकै शाखाबाट पनि आफ्नो रकम भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको गाउँपालिका प्रवक्त टीकाबहादुर थापाले बताउनुभयो । जिल्लाका स्थानीय तहहरुले नागरिकको सुविधाका लागि वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन । बगनासकालिमा सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीकाे संख्या ३ हजार १ सय २३ जना रहेकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय