
पाल्पा । तानसेन नगरपालिका वडा न १मा वृक्षारोपण एवम् सरसफाइ गरिएको छ ।
आँपटारी लिफ्टिङ्ग खानेपानीको मूल जोगाउन वृक्षारोपण गरिएको हातेमालो टोल विकास संस्थाका अध्यक्ष विजय प्रकाश आलेले बताउनुभयो । लिफ्टिङ्गको आयोजना तानसेन नगरपालिका १ को हातेमालो टोल विकास संस्था, नमुना भिलेज एवम् वडाको समन्वयमा सरसफाइ कार्यक्रम गरिएको थियो ।
मिसन अस्पताल मुनि रहेको आँपटारी क्षेत्रमा पछिल्लो समय घर निर्माणको कार्य निरन्तर बढिरहेको हुँदा फोहोर भएकाले जिल्ला वन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, वडा नम्बर १ को कार्यालय, हातेमालो टोल विकास संस्थाका सदस्य लगायत झन्डै ९० बढीको उपस्थितिमा वृक्षारोपण तथा सरसफाइ गरिएको आलेले बताउनुभयो ।