ज्योतिपुन्ज युवा क्लब रामपुर नगरपालिका वडा नम्बर ७ किसानबारी पाल्पाको आयोजनामा ज्योतिपुन्जकप फुटबल प्रतियोगिता हुने भएको छ ।
क्लबको २७ औं वार्षिक उत्सवको अवसरमा यही असोज २२ गतेदेखि २८ गतेसम्म खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।
रामपुरका स्थानीय खेलाडीहरूको स्तरोन्नति गर्ने र खेलकुदको माध्यमबाट रामपुरलाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो ।
उहाँले प्रथम पुरस्कार दिब्यतारा इन्टरप्राइजेज प्राली ले सौजन्य गरेको जानकारी दिँदै मेडिकल पाटनरको रूपमा चिरायु अस्पताल काठमाडौँ र रामपुर अस्पताल रामपुर ,पाल्पा रहेको बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न करिब २० देखि २१ लाख खर्च लाग्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेताले १लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन् ।
उपविजेताले १ लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन् ।त्यसैसरि वेस्ट प्लेयर, वेस्ट किपर, हाइ स्कोर,वेस्ट डिफेन्सर, म्यान अफ द म्याच लगायतका विद्यामा पुरस्कारको व्यवस्था गरिएको छ ।
रामपुर नगरपालिकाबाट २ टिम सहित बुटवल, तानसेन ,वालिङ भिमाद ,नवलपुर लगायतबाट गरी १० टिमको सहभागिता रहने खेलमा रामपुरबाट सहभागी हुने खेलाडीहरूको लागी जिल्ला फुटबल सङ्घ पाल्पाका प्रशिक्षक रितेश मल्लले रामपुर -७ को किसानबारी खेल मैदानमा तालीम दिनुभएको छ ।