
पाल्पा । रामपुर नगरपालिकाले वडा कार्यालय मार्फत मालपोतको राजस्व संकलन गर्ने भएको छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व संकलन गरिरहेको वडा कार्यालयबाट अब मालपोत पनि संकलन गर्ने भएको हो । जसबाट वडावासी खुसी भएका छन ।
नगरपालिकाले आगामी मंसिर महिनादेखि नगरका प्रत्यक वडा कार्यालय बाटै मालपोतको राजस्व संकलन गर्ने सोमबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको हो । जनताको सहजताका लागि अब प्रत्यक वडा कार्यालयबाट मालपोतको राजस्व संकलनको व्यवस्था गरिने रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले थोरै राजस्व बुझाउँनका लागि धेरै समय खर्चेर नगरपालिका आउन जनतालाई सास्ती भएको भन्दै छिटो सेवाका लागि वडा कार्यालय बाटै सेवा दिने निर्णय गरेको बताउनुभयो ।
४० ÷५० रुपैयाँ मालपोतको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमा आउनु पर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयहरुबाटै छिटो र सहज रुपमा सेवा प्रदान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले बताउनुभयो ।
यस्तै रामपुर नगरपालिकामा सञ्चालन हुने नगरस्तरिय योजना मंसिर मसान्त भित्र सम्झौता गरी सक्नु पर्ने निर्णय बैठकले गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाँणले जानकारी दिनुभयो ।
उपभोक्ताको हित र गुणस्तरिय रुपमा समयमा योजना सम्पन्न गर्नका लागि मंसिर मसान्त सम्मका लागि सम्झौताको मिति तय गरिएको प्रवक्ता खाँणले जानकारी दिनुभयो । साथै असोज मसान्त भित्र हरेक योजनाको उपभोक्ता समिति गठन गर्नु पर्ने र कात्र्तिक मसान्त भित्र स्टीमेट गरिसक्नु पर्ने पनि निर्णय गरेको छ । यस्तै कार्यपालिका बैठकले चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिका भित्रका सडकहरु दशै अगाडी नै मर्मत गर्ने निर्णय गरेको प्रेस सल्लाहकार दानबहादुर हिस्कीले जानकारी दिनुभयो ।