
पछिल्लो समय कृषिमा यान्त्रीकरण भित्रिएपछि खेती गर्न सहज भएको कृषकहरूको अनुभव छ ।
पाल्पा निस्दी गाउँपालिका-४, गल्धाकी दिलमाया सारू अदुवा प्रशोधन उद्योग सञ्चालनमा सबै काम गर्नुहुन्छ । महिला सहकारीमार्फत विभिन्न सरकारी र गैरसरकारी संस्थाको सहयोगमा मिनी टिलर, पावर टिलर, हाते ट्याक्टर, कम्बाइन मिल आदि वितरण गरिएको छ । ‘गाउँका धेरै महिलालाई मैले नै सामग्री चलाउन सिकाउने गरेकी छु,’ ३४ वर्षीय सारूले भन्नुभयो ‘सुरुमा निकै अप्ठेरो लागेको थियो । अहिले भने मज्जाले चलाउन सक्छु ।
गल्धा सदरमुकाम तानसेनदेखि ६० किलोमिटर टाढा दुर्गम गाउँ हो । यहाँका महिला पिछडिएका छन् । यहाँ चालु आर्थिक वर्षमै १७ लाख बढी अदुवाको कारोबार भएको थियो ।
निस्दी सङ्ग सङ्गै पाल्पाका अन्य महिला एवम् कृषकहरू यान्त्रीकरण को सहायताले खेती गर्न सहज भएको बताएका छन् ।
तरकारी खेतीका साथै अन्नबाली लगाउन मिनी टिलर, पावर टिलर सहयोगी बनेको कृषकहरूले बताएका छन् । मेसिनरी सामान चलाउन सिकेपछि खेती बाली लगाउन धेरै सहज कृषकहरूको बुझाइ छ ।