
पाल्पा । रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा गरिएको छ ।
रिब्दीकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले ७९/८०को वार्षिक समीक्षा र ८०/८१ को योजना तर्जुमा गरेको बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष रिब्दीकोट गाउँपालिकाले पोषणको क्षेत्रमा स्थानीय बाट १५ लाख र संघबाट ६ लाख ५२ हजार गरी २१ लाख ५२ हजार बजेट बराबरको काम गर्नेछ । यस्तै गत वर्ष गाउँपालिकाले २१ लाख ६७ हजार बजेटको काम गरेको अधिकारीले बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकामा बजेट अनुसारको उपलब्धि देखिने गरी काम भएको बताउनुभयो ।
सुनौला हजार दिनको अवधिमा आमा र बच्चाको उचित तवरले पालनपोषण तथा उचित बालबालिकाको बौद्धिक क्षमतामा पूर्ण विकास हुने भएकाले त्यस्ता अवस्थाका महिला तथा बालबालिकाका लागि नगरपालिका सधैँ अगाडि रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाले निर्माण गरेका पोषण प्रोफाइल, पोषण डकुमेन्ट्री समेत देखाइएको थियो ।