पाल्पामा स्थानीय तह हकहित संरक्षण मञ्चको तदर्थ समिति गठन

तानसेन । पाल्पामा स्थानीय तह हकहित संरक्षण मञ्चको तदर्थ समिति गठन भएको छ ।

जिल्लाको सबै पालिकालाई समेटेर  कर्मचारीहरूको छाता सङ्गठनका रूपमा १५ सदस्यीय समिति गठन गरिएको छ ।

जसको संयोजकमा तानसेन नगरपालिकाका शिव शर्मा, उप-संयोजकमा निस्दीका सरोज काफ्ले, सचिवमा रामपुरका विकल काफ्ले, सह सचिवमा रिब्दीकोटका काशीनाथ आचार्य र कोषाध्यक्षमा बगनासकालीका  शर्मिला न्यौपाने रहनुभएको छ ।यस्तै गरि  सदस्यहरूमा बगनासकालीका नारायण तिमिल्सिना, रैनादेवी छहराका किशोर खानाल, रिब्दीकोटका कमल श्रीस, तानसेनका विशाल ओली, माथागढीका प्रमोद भट्टराई, तिनाउका तिलक जिसी, रम्भाकी धनीकला थापा, रामपुरका विक्रम बस्नेत, पूर्वखोलाकी शर्मीला चौधरी र निस्दीकी विमला आचार्य छनोट हुनुभएको छ ।

यता सल्लाहकार संयोजकमा विनोद नेपाल र  सल्लाहकार सदस्यहरूमा क्रमशः अर्जुन खनाल, सुजन घिमिरे, शिव आत्रेय, कोपीला न्यौपाने र हरी प्रसाद पराजुलीलाई चयन गरिएको तानसेन नगरपालिकाका शिव शर्माले जानकारी दिनुभयो ।

कर्मचारीको समस्या समाधानका लागि आफूहरूको एकता कायम रहेको शर्माले बताउनुभयो।

सम्बन्धित खवर