
तानसेन । पाल्पामा विपत् सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको छ ।
जिल्लाको तानसेन नगरपालिकाको टुँडिखेलमा अभ्यास कार्यक्रम गरिएको हो। तानसेन नगरपालिका र पाल्पा सुरक्षा समितिको आयोजनामा कार्यक्रम गरिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । आगजनी प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्धार, प्राथमिक उपचार र आपत् कालिन स्वास्थ्य सम्बन्धी विपत् व्यवस्थापन समितिलाई अभ्यास गराइएको सिंजालीले जानकारी दिनुभयो ।
विपद्का समयमा मानवीय सहायता प्रदान गर्न र समुदायस्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी भएको पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो।
तानसेनको टुँडिखेलमा आयोजना भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , तानसेन नगरपालिकाका उपप्रमुख,रेडक्रस सोसाइटी पाल्पाका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।