
तानसेन। पाल्पामा नेपाल वडा संघ गठन गरिएको छ ।
जिल्लामा भएको वडाध्यक्षको भेलाले १५ सदस्यीय समिति सहित नेपाल वडा संघको गठन गरेको छ ।
जसको अध्यक्षमा तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेश कुमार अर्याल, उपाध्यक्षमा रामपुर नगरपालिका वडा न ६ का दिवाकर देवकोटा,तानसेन ५ का रामबहादुर रावल,सचिवमा बगनासकाली गाउँपालिका ९ का थानेशवर तिमल्सिना, सह-सचिवमा माथागढी गाउँपालिका १ का राजकुमार पन्थी ,कोषाध्यक्षमा तिनाउ गाउँपालिका वडा न ५ का इन्द्रा चिदी चयन हुनु भएको छ ।
यस्तै सदस्यहरूमा रामपुर नगरपालिका वडा न ३ का दामोदर पाठक ,निस्दी गाउँपालिका वडा न ३ का नवीन्द्र सोती,तानसेन नगरपालिका वडा न ६ का सागरमान महर्जन ,रिब्दी कोट गाउँपालिका वडा न १ का चिरञ्जीवी पोखरेल र रैनादेवी छहरा गाउँपालिका ४ का गोविन्द रायमाझी चयन हुनुभएको अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयो ।
सरकारी हिसाबले काम गर्ने निकाय वडा कार्यालय हुँदा पनि कार्यालयलाई आर्थिक अधिकार, प्रशासनिक अधिकार नभएको हुँदा वडा कार्यालयले खुलेर काम गर्न नसकेको गुनासो वडाध्यक्षहरूले गरेका थिए ।
वडामा आर्थिक अधिकारको माग गर्नका लागि वडाध्यक्षहरूले समिति गठन गरेको वडाध्यक्षको भेलाले जनाएको छ ।
यसैगरी वडाअध्यक्षहरुको जिल्लाव्यापी भेला आयोजना गर्न सहयोग गर्ने जिल्ला समन्वय समिति पाल्पा लगायत सबैलाई धन्यवाद ज्ञापन गर्ने वडा संघले निर्णय गरेको अध्यक्ष अर्यालले बताउनुभयो ।