कानुनी पहिचान सम्बन्धी तानसेनमा अन्तरक्रिया

तानसेन । पाल्पाको तानसेनमा नागरिकता र जन्म दर्ताका विषयमा कानुनी पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

महिला कानुन र विकास मञ्चको आयोजना र जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा जि.स.स एवम् जिल्लाका जनप्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा बालबालिका सम्बन्धी ऐन, नागरिकता, जन्म दर्ता सम्बन्धी कानुनी प्रावधान लगायतका विषयमा जानकारी प्रदान गरिएको महिला कानुन र विकास मञ्चका कार्यक्रम संयोजक रोशना प्रधानले बताउनुभयो ।

नागरिकता, जन्म दर्ता प्रदान गर्दा कुनै त्रुटि नहोस्, कानुनी आधार पूरा भएकाले सहज रूपमा नागरिकता र जन्म दर्ता प्राप्त गर्न सकुन् भनेर यससँग सम्बन्धी कानुनी व्यवस्थाका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक प्रधानले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनी विषयको पूर्ण जानकार नहुँदा नागरिकता र जन्मदर्ता प्रदान गर्दा कतिपय समय अलमल हुने भएकाले यो कार्यक्रम फलदायी भएको बताएका थिए ।

सम्बन्धित खवर