पाल्पाका पालिकामा आम्दानी :नगरपालिकामा भन्दा गाउँपालिकामा बढी 

तानसेन । पाल्पाको निस्दी गाउँपालिकामा आन्तरिक आम्दानी बढी हुँदा  सदरमुकाम तानसेनमा भने कम देखिएको छ ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष ७९/८० मा सात करोड १५ लाख ८८ हजार दुई सय ३९ रुपैयाँ  आन्तरिक आम्दानी गरेकोमा निस्दी गाउँपालिकाले भने ७ करोड ७७ लाख २४ हजार ७ सय ८ रुपैयाँ २ पैसा आन्तरिक आम्दानी गरेको छ ।

तानसेन नगरपालिकाले सम्पत्ति कर मार्फत ६० लाख ३४ हजार ४ सय ९९ रुपैयाँ ७४ पैसा, भूमि कर मार्फत ३५ लाख ८९ हजार २ सय ४२ रुपैयाँ ५४ पैसा, बहाल कर मार्फत १ करोड ११ लाख ९ हजार ७ सय ४४ रुपैयाँ ८४ पैसा, स्थानीय पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर मार्फत ९० लाख ६२ हजार ३ सय ३६ रुपैयाँ ५० पैसा आम्दानी गरेको नगरपालिकाका सूचना अधिकारी भरत प्रसाद आचार्यले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर, लघु तथा साना उद्योग दर्ता, सरकारी सम्पत्तिको बहालबाट हुने आय, घरजग्गा रजिस्ट्रेसन, बस्तु तथा सेवा बिक्री, पार्किङ, नक्सा पासबाट आम्दानी गरेको छ । 

यता गाउँपालिका तर्फ भने जिल्लाको निस्दी गाउँपालिकाले खानी तथा खनिज रोयल्टी मार्फत ४ करोड ९६ लाख ७८ हजार ८७ रुपैयाँ ८६ पैसा, नदीजन्य पदार्थको रायल्टी मार्फत ४ लाख ६५ हजार २ सय २ रुपैयाँ २० पैसा र विविध आन्तरिक श्रोत मार्फत २ करोड ७५ लाख ८१ हजार ४ सय १८ रुपैयाँ १६ पैसा आम्दानी गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो ।

यी दुई पालिकाको आन्तरिक आम्दानीलाई हेर्दा सदरमुकाम तानसेनमा भन्दा निस्दिको आम्दानी बढी छ । 

सम्बन्धित खवर