
तानसेन । पाल्पामा विश्व रेबिज विरुद्ध दिवसको अवसरमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको छ।
तानसेन ९ को दमकडा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाइ रेविज रोगको सङ्क्रमण ,यसको असर र रोगबाट बच्ने उपायहरूका बारेमा प्रशिक्षण दिइएको विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले बताउनुभयो ।
विद्यार्थीले सिकेका कुरा परिवार हुँदै समाजमा पुग्ने भएकाले विद्यार्थीलाई मध्यनजर गर्दै एक दिने तालिम दिइएको प्र.अ सापकोटाले बताउनुभयो ।
दमकडा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मदनपोखरा बहु प्राविधिक शिक्षालयका डाक्टर सुमित सिंहले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।