लायन्स क्लब अफ पाल्पा रानिमहल द्वारा दृष्टिविहीन परिवारलाई सहयोग 

तानसेन । लायन्स क्लब अफ पाल्पा रानिमहलले दृष्टिविहीन परिवारलाई खाद्यान्न तथा रकम सहयोग गरेको छ ।

रिब्दिकोट गाउँपालिका  वडा न १ ख्याहा निवासी  तुलसीराम पराजुलीको परिवारलाई सहयोग गरेको हो । तुलसीराम जन्मजातै दृष्टिबिहिन हुनुहुन्छ ।उहाँ सङ्गै उहाँका छोरी पनि जन्मजात दृष्टिबिहिन हुनुहुन्छ ।

लायन्स क्लब अफ पाल्पा रानी महलको सहयोग ले केही भएपनी परिवारका सदस्यलाई राहत मिल्ने भनी खाद्यान्न सहित केही रकम सहयोग गरेको क्लबका अध्यक्ष कोसिस भण्डारीले बताउनुभयो ।

क्लबले  परिवारलाई  नगद तीन हजार एक सय पाँच रुपैयाँ , २५ किलो चामल , दुई किलो दाल,एक प्याकेट चिउरा, एक प्याकेट फुरनदाना, ६ लिटर तेल, तीन तीन ओटा लुगा धुने र नुहाउने साबुन र २प्याकेट बिस्कुट वितरण गरेको छ ।

लायन्स क्लब अफ पाल्पा रानी महलले विभिन्न सहयोगका कार्यक्रम हरू गर्दै आएको छ  । 

सम्बन्धित खवर