पाल्पा । तानसेनमा मुस्लिम धर्मावलम्बीले मोटरसाइकल र्याली निकालेका छन् ।
पाल्पाका मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९८ औं जन्मोत्सवका अवसरमा मोटरसाइकल र्याली निकालेका हुन् ।
मस्जिद व्यवस्थापन समिति ढुंगाखानीको आयोजनामा भएको र्यालीले ढुंगाखानी, बतासे, गणेशधारा क्षेत्रका मुस्लिम बस्तीमा पुगेर जन्मोत्सवका बारेमा जानकारी दिइएको छ ।
साथै मस्जिदमा पूजापाठ गरिनुका साथै प्रचारप्रसार शैलीको र्यालीले तानसेनको बसन्तपुर, शीतलपाटी, सिल्खानटोल, मखनटोल, असनटोल, नारायणटोल लगायत बजारका विभिन्न भागमा प्रदर्शन गरेको थियो ।
विभिन्न जनचेतनामूलक नारा लेखिएका झन्डाका साथै ब्यानरसहित कार, मोटरसाइकल र्याली आयोजना गरेका थिए । बालबालिका युवादेखि वृद्धवृद्धासम्म सबैको र्यालीमा पैगम्बर मोहम्मदका विषयमा प्रवचनसमेत दिइएको थियो । मुस्लिम समुदायलाई खाना खुवाउने साथै रमाइलो गरेर जन्मजयन्ती मनाइने अध्यक्ष मियाँले बताउनुभयो ।मुस्लिम समुदायको सन्देष्टाका रुपमा पैगम्बर मोहम्मदलाई मान्ने मस्जिद व्यवस्थापन समितिका अध्यक्ष जलिप मियाँले बताउनुभयो ।
पगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिनामा गएको इतिहास छ । पैगम्बर जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत) सुरु भएको हो । अहिले हिजरी संवत् १४४५ चलिरहेको छ ।