पाल्पाका चिकित्सकहरू आन्दोलित

तानसेन । विभिन्न जिल्लामा चिकित्सकमाथि हातपात हुने गरेको भन्दै पाल्पाका चिकित्सकहरू यति बेला आन्दोलित भएका छन् ।

पाल्पाका डाक्टरहरूले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै पाल्पाको तानसेनमा र्‍याली निकालेका हुन् ।

लगातार जसो डाक्टर माथि हातपात हुने ,अस्पतालमा तोडफोड हुने घटना बढिरहँदा जिल्लाका डाक्टरहरूले आफ्नो सुरक्षाको माग गर्दै र्‍याली निकालेका हुन ।

जबसम्म सेवा दिने चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुँदैन तबसम्म बिरामीलाई सेवा दिन समेत आफूहरू डराउनुपर्ने अवस्था आएको चिकित्सकहरूले बताएका छन् ।

पाल्पाको टुँडिखेलबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय पाल्पा,पाल्पा जिल्ला अस्पताल हुँदै टुँडिखेलमा नै आएर टुङ्ग्याउने डाक्टर अनुप भट्टचनले बताउनुभयो ।

जब सम्म चिकित्सकको हकहितमा सरकारले काम गर्दैन तब सम्म आफूहरूको आन्दोलन भइरहने भट्टचनले बताउनुभयो ।

सम्बन्धित खवर