
पाल्पा। पूर्वखोला गाउँपालिका पाल्पाले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम २०८१ जेष्ठ महिनाभित्र सक्नेगरी योजना बनाएको जनाएको छ ।
गाउँपालिकाले अहिले वर्खाका कारण अबरुद्ध सडक खुलाउने काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वमा नागरिकको आवत जावत बढी हुने भएकोले सहज यात्राको सुनिश्चित गर्न सडक मर्मतको काम गरिने समेत बताउनुभयो । पर्व मनाउन गाउँपालिका भित्र आउने कुनै नागरिकलाई समस्या नहोस् नहुने गरी काम गरिने जानकारी दिनुभयो ।
यसका साथै गाउँपालिका भित्रका सबै वडामा विकासको काम गर्नका लागि उपभोक्ता समिति गठन गर्ने काम भैरहेको छ । उपभोक्ता समितिको गठन कार्य सकिएपछि आगामी कार्तिक मसान्तसम्ममा उनीहरुलाई तालिम सञ्चालन गरेर कामलाई तीव्रता दिने योजना अनुसार अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाइ छ ।
चालु आर्थिक वर्षमा सञ्चालन हुने समपुरकका ठूला योजनाको टेन्डर खोल्ने प्रकृयामा रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नागरिकका लागि सरकारले निशुल्क रुपमा स्वास्थ्य चौकी मार्फत उपलब्ध गराउने औषधि अभाव नहोस् भनेर टेन्डर गरिसकिएको बताउनुभयो । गाउँपालिका नागरिकको स्वास्थ्यका विषयमा गम्भीर भएर काम गरिरहेको समेत बताउनुभयो ।
यसका सार्थ गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरण पुगेको छ । यही वर्षको पौष मसान्त सम्ममा भवन निर्माण व्यवसायीले हस्तानन्तरण गर्ने गरी काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । गाउँपालिकामा जनशक्ति कम छन । केही आउने क्रम जारी छ । अपुग जनशक्ति व्यवस्थापन गरेर काम भैरहेको उहाँले बताउनुभयो ।
विकास र प्रशासनिक कार्यमा गाउँपालिका अध्यक्ष नुनबहादुर थाहा सहित उपाध्यक्ष, प्रवक्तासहित सबै जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग र क्रियाशीलता रहेकोले जनताको काम गर्न सहज रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । यो आर्थिक वर्षमा करिव गाउँपालिकामा ठूला साना गरी करिव ४ सय योजना तथा कार्यक्रम रहेका छन ।