अदुवा पकेट क्षेत्र विस्तारका लागि पाल्पाका पालिका सङ्ग समन्वय गर्दै कारितास नेपाल

तानसेन।पाल्पाको तानसेन नगरपालिकालाई तरकारी सङ्गै अदुवाको पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ ।

नगरप्रमुख सन्तोषलाल श्रेष्ठले अदुवा खेतीका लागि तानसेन उपयुक्त क्षेत्र भएकाले नगरपालिकाले यसको विकासमा ध्यान दिएको बताउनुभयो ।

कारितास नेपालले अहिले पाल्पामा अदुवा खेती हुने जग्गा निरीक्षण गरी पालिकासँग समन्वय गरिरहेको छ ।
यसै बिच कारितास नेपालले तानसेन नागरपालिका सङ्ग समन्वय गरेर नगरपालिका भित्रका कृषकलाई अदुवा लगाउन प्रोत्साहन गरेको छ ।

तानसेन नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा मात्रै स्थानीय सरकारबाट १० लाख, प्रदेश सरकार बाट ११ लाख ५० हजार र सङ्घीय सरकार बाट ४६ लाख १५ हजार गरी कुल ६७ लाख ६५ हजार कृषि क्षेत्रमा बजेट विनियोजन भएको कृषि शाखा प्रमुख सरोज तिमल्सिनाले बताउनुभयो ।

तानसेन नगरपालिकालाई तरकारी सङ्गै अदुवा पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यका साथ कारितास नेपालले नगरभित्रका साना व्यवसायी सङ्ग समन्वय गरेको तिमल्सिनाले बताउनुभयो ।

पछिल्लो समय अधिकतम जग्गा बाझो हुने, लगाएको खेती बाँदरले तहसनहस पार्दिने प्रवृत्ति बढ्दै गएकाले नगरले कृषकलाई निर्वाहमुखी भन्दा व्यवसायिकमुखी बनाउन विभिन्न निजी सस्थाहरु साझेदारी गरिरहेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

कारितास नेपालले कृषकहरू लाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय