तानसेन । पाल्पामा मलेरिया रोग देखा परेको छ ।
जिल्लाको पूर्वखोला गाउँपालिका ३ का १५ वर्षीय किशोरलाई मलेरिया रोग देखा परेको हो । करिब ८ वर्ष पछि जिल्लामा मलेरियाको पहिलो बिरामी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । उहाँका अनुसार बिरामी भएर चेकजाँचका लागि नजिकैको स्वास्थ्य चौकीमा जाँदा मलेरिया पुष्टि भएको पाइएको छ ।
पूर्वखोलाका ती किशोरलाई मलेरिया देखिएपछि स्वास्थ्य कार्यालयले किशोरका घर वरिपरिका ५० घरका ९८ जनाको स्क्रिनिङ गरेको जनाएको छ । किशोरले १७ दिनसम्म औषधि सेवन गर्नुपर्ने छ । उक्त मलेरिया रोग स्थानीय स्वास्थ्य चौकीमा देखिएको भनेर जानकारी पाएपछि जिल्ला अस्पतालमा पाल्पामा चेकजाँच गरी पुष्टि गरिएको थियो ।
मलेरिया लागेका किशोरलाई निःशुल्क रूपमा उपचार गरिरहेको प्रमुख गिरीले बताउनुभयो ।