तिन छाँगा झरना प्रचारप्रसार अभावमा ओझेलमा पर्दै

पाल्पा । बगनासकाली गाउँपालिका ४ खानि छापको तिन छाँगा झरना प्रचारप्रसार अभावमा ओझेलमा पर्दै गएको छ । पाल्पा बगनासकालीको  खानि छापमा रहेको झरनाले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेपनी संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको हो ।

४४ औँ विश्व पर्यटन दिवसको अवसर पारेर प्रतिनिधि सभा सदस्य ठाकुर गैरे , बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी लगायत सरोकारवाला व्यक्तिको टोलीले अवलोकन गर्दै अन्य क्षेत्र जस्तै यो झरना बगनासकालीको मुख्य पर्यटकीय गन्तव्य  बनाउन सकिने प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले बताउनुभयो । उहाँका अनुसार तिन छाँगा झरनालाई पर्यटकको आवागमन हुने क्षेत्र बनाउने हो भने आर्थिक चलायमान वृद्धि हुने बताउनुभयो । 

बगनासकाली गाउँपालिकाले यो झरनालाई पर्यटकीय हबको रूपमा विकास गर्ने योजना अगाडि सारेको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय