
तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले कारितास नेपालसँगको समन्वयमा अदुवा प्रवर्द्धन एवं साना किसान व्यवसाय सम्बन्धी अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रमबाट गाउँपालिकालाई अदुवा पकेट क्षेत्रको रूपमा विकास गर्ने निर्णय भएको छ ।
गाउँपालिकाले बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकाले अकबरे खुर्सानी जस्तै अदुवाको व्यावसायिक खेती तर्फ कृषकलाई जोड दिने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।