पाल्पामा हराउँदै भेडा पालन व्यवसाय

पाल्पा । विगतका समयमा पाल्पामा व्यावसायिक भेडा पालन गरिन्थ्यो तर अहिले बिस्तारै व्यवसाय त परको कुरा पछिल्ला पुस्ता भेडाको नाम सुन्दा पनि अचम्म पर्छन् ।

जिल्लाको माडी फाट ,रामपुर , हुँगी भेडा पालन गर्ने प्रसिद्ध क्षेत्र हुन् । विशेषतः पाल्पाका कुमाल समुदायले व्यावसायिक रूपमा भेडा पालन गर्ने गरेतापनी पछिल्लो समय चरन क्षेत्रको अभावमा भेडा पालनको असित्व हराएको रुप्सेका देव कुमार कुमालले बताउनुभयो । उहाँका अनुसार खेतीयोग्य जमिनमा बस्तीको विकास र चरन क्षेत्रको अभावले यो व्यवसाय मासिँदै गएको हो ।

सात आठ वर्ष अगाडिसम्म हरेक घरमा २० देखी ४० वटा सम्म भेडा हुन्थ्यो तर अहिले कहिँकतै मात्र फाट्फुट्ट भेडा देख्न सकिन्छ । । कसेनीका लेख बहादुर कुमालले भेडाबाट आम्दानी लिने भनेको अव एकादेशको कथा जस्तै भएको बताउनुभयो । चरनको व्यवस्था भए यसबाट कृषकहरूले मासु, ऊन र मलबाट राम्रो आम्दानी गर्ने अवसर आउने रामपुरका स्थानीय खुमबहादुर कुमालले बताउनुभयो ।

पाल्पाको माडी फाँट ,कसेनी, रुप्से चिदीपानी, हुँगी, पोखराथोक, चिर्तुङधारा, रामपुर फाँटको तिलपुर, बर्दले, तिलपुर जस्ता बस्तीका कुमाल समुदायले भेडा पालन गरी जीविकोपार्जन गरेका थिए ।

यता स्थानीयले चरन क्षेत्रको समस्या देखाएतापनी कृषकले चाहाना देखाउने हो भने खाली जमिनमा घाँस रोपण गरेर निरन्तरता दिन सकिने बगनासकाली गाउँपालिकाका प्रमुख सरस्वती चिदी र रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय