नेवा गुठी तानसेनको नयाँ कार्यसमिति चयन 

पाल्पा । नेवा गुठी तानसेनले नयाँ कार्यसमिति चयन गरेको छ ।

पाल्पा तानसेनमा रहेका नेवार समुदायको एकता बोकेको यस गुठीमा पुन अध्यक्ष पदमा प्रकाश नाथ गङ्गोल चयन हुनुभएको छ ।

गुठिले आफ्नो साधारण सभा एवम् अधिवेशनबाट पुन गङ्गोललाई छनोट गरेको हो । गङ्गोल यस अगाडी पनि अध्यक्ष पदमा रहेर नेवार समुदायको हकहित का विषयमा कार्य गर्दै आउनुभएको थियो ।

यस्तै अधिवेशनबाट उपाध्यक्षमा हरिलाल अमात्य, सचिवमा नविन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा सुुरेन्द्रमान कर्मचार्य र  सह–सचिवमा सुनिता श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा क्रमशः उज्वल श्रेष्ठ, इच्छा लिगल, ज्योति राज भण्डारी, रोजिता श्रेष्ठ, श्याम मलेगो र  भुवन कुमार जोसी चयन हुनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय