पाल्पा । तानसेनमा आयोजना गरिएको कर्णेल उजीर सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता -२०८०को आय व्यय सार्वजनिक भएको छ ।
गत जेठ १५ गते देखि २७ गते सम्म सञ्चालन भएको गोल्ड कप मा कुल ३२ लाख ३० हजार एक सय ४४ रुपैयाँ आम्दानी भएको सङ्घका अध्यक्ष वीर जङ्ग राणाले बताउनुभयो ।
उहाँका अनुसार खेल सञ्चालन गर्दा ३३ लाख ३२ हजार तीन सय ९७ रुपैयाँ खर्च भएको छ । यो रकमान्तरलाई हेर्दा सङ्घलाई एक लाख दुई हजार तिन सय ५३ रुपैयाँ नोक्सान भएको राणाले जानकारी दिनुभयो ।
करिब ३३ वर्ष पछि पाल्पामा प्रतियोगिता आयोजना गरी खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ।