
पाल्पा । पहिलो पाइला नेपाल तानसेन पाल्पा शाखाको तेस्रो अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
अधिवेशनबाट दिनेश थापाको अध्यक्षतामा नौँ सदस्यीय कार्यसमिति छनोट गरिएको छ । जसको उपाध्यक्षमा अमर बहादुर सुनारी,बबिता थापा, सचिव गणेश खत्री, सहसचिव सम्झना कार्की, कोषाध्यक्षमा गोपाल हिताङ्ग र सह–कोषाध्यक्षमा सिर्जना पाण्डे चयन हुनु भएको छ ।
यस्तै सदस्यहरूमा राजन थापा सुमन पोखरेल र दिल कुमार घर्ती चयन हुनु भएको संस्थाका निवर्तमान सदस्य लेख बहादुर कुवरले जानकारी दिनुभयो ।