
तानसेन । पाल्पामा लघुवित्त समन्वय समितिले प्रहरी चौकीमा पङ्खा वितरण गरेका छन् ।
समितिले प्रहरी चौकी प्रभास र अस्थायी प्रहरी पोष्ट माडि फाँटलाई एक एक थान पङ्खा वितरण गरिएको समितिका अध्यक्ष अजय कुमार मिश्रले बताउनुभयो ।
समितिले गरेको सहयोग प्रति प्रहरी चौकी प्रभासका प्रमुख भरत थापा र अस्थाई प्रहरी पोष्ट माडि फाँटका सोनु श्रेष्ठले पङ्खा ग्रहण गर्दै सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।








