पाल्पा उद्योग वाणिज्य संघले गर्‍यो एक वर्षमा २८ वटा  कार्यक्रम 

तानसेन । पाल्पा उद्योग वाणिज्य संघले एक वर्षमा २८ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

संघको ६९ औँ साधारण सभामा गत आर्थिक वर्ष ७९/८० मा विभिन्न शीर्षकमा २८ वटा कार्यक्रम गरेको बताएको छ ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईका अनुसार संघले जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागि परेको बताउनुभयो ।

यस्तै संघका कोषाध्यक्ष विनायक महर्जनले ८२ लाख ५९ हजार तीन  सय ७४ रुपैंया ३६ पैसा बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०८०/८१ का लागि २ करोड ७५ लाख ९० हजार ८ सय ६ रुपैंया बराबरको अनुमानित आयव्यय समेत प्रस्तुत गर्नुभएको थियो ।

पाल्पा उद्योग वाणिज्य  संघले ०८० को असार मसान्त सम्म विभिन्न बैंकमा  २३ लाख १६ हजार तिन सय ६ रुपैंया बैंक मौज्दात रहेको जनाएको छ ।

संघमा आर्थिक वर्ष ०७९/०८० देखि अहिले सम्म ३९ जना नयाँ सदस्य थप भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय