पाल्पा जिल्ला अस्पतालको विकासमा समस्या:स्वास्थ्यमन्त्री  सङ्ग छलफल

तानसेन । पाल्पा जिल्ला अस्पतालमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री  सङ्ग छलफल गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यमन्त्री  राजु खनाल सङ्ग छलफल गरेको हो।

जिल्ला अस्पतालको विकास र स्तरोन्नतिका लागि अस्पताल व्यवस्थापन  समितिले मन्त्रीलाई जानकारी गराएका हुन् ।

स्वास्थ्यमन्त्री खनालले अस्पताललाई मनन गर्दै ग्रामीण जिल्लाहरूमा डाक्टर आउन नमान्ने बताउनुभएको थियो । उहाँले जिल्ला अस्पतालमा सुरुमा जग्गाको समाधान गरिहाल्नुपर्ने बताउनुभयो ।

खनालका अनुसार ग्रामीण क्षेत्रका अस्पतालमा डाक्टरहरूको पहुँच बिस्तार गर्नका लागि  मन्त्रालयले यसबर्ष थप बजेट विनियोजन गरेको छ ।

बर्सेनि बजेट विनियोजन भए पनि  जग्गा साटफेरको विषय निष्कर्षमा पुर्‍याउन नसक्दा विनियोजित बजेट फिर्ता हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।

छलफल कार्यक्रममा  राजनैतिक दलका प्रमुख,एवम्  प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर