माओवादी केन्द्रको विशेष रुपान्तरण अभियानको गतिविधि तीव्र

पाल्पा । नेकपा (माओवादी केन्द्र) ले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका गतिविधि तीव्र रुपमा सञ्चालन भएको जनाएको छ ।

जिल्लाका दश स्थानीय तहमा जिम्मेवारी तोकेर केन्द्रिय नेताहरु अभियानमा क्रियाशील रहेको माओवादी केन्द्रका जिल्ला सचिव मधुरा ढकालले जानकारी दिनुभयो । अभियानमा संगठन विस्तार तथा जनताका समस्याका विषयमा केन्द्रित रहेर छलफल गरिएको छ । अभियान अन्तरगत अखिल नेपाल महिला संघ( क्रान्तिकारी ) पाल्पाको जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ ।

भेलाले रितु श्रेष्ठको अध्यक्ष र गोमा पचभैया सचिब रहेको ३७ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । कार्यक्रम माओवादी केन्द्र पाल्पाका इन्चार्ज कृष्ण ध्वज खड्काको प्रमुख आतिथ्यता र पार्टी केन्द्रीय सदस्य दिपेन्द्र पुन, इन्द्र जित थारु, अनिल किशोर घिमिरे, सीता बौडेल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य उषा पुन, टीका ओली, तुलसा राना लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर