रामपुरका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

पाल्पा । रामपुर नगरपालिकाले नगरभित्रका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

वडा नं १ को गाडाँकोट स्वास्थ्य चौकी र वडा नं १० को गेझा स्वास्थ्य चौकीलाई एक/एकवटा एम्बुलेन्स हस्तान्तरण गरेको रामपुर नगरपालिकाले जनाएको छ । एम्बुलेन्सको अभावमा वडा नं. १ र १० का नागरीक हरुले सहज स्वास्थ्य सेवा पाउन नसकेपछि नगरले एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

रामपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिब तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत स्वास्थ्य कार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय