
पाल्पा । रामपुरमा फन पार्क सञ्चालनमा आएको छ ।
रामपुर नगरपालिकाको वडा न ५ मटेरीमा बाल मनोविज्ञानलाई मध्यनजर गर्दै फन पार्क सञ्चालनमा ल्याइएको आइकोनिक ग्रुप प्रा.ली.का अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । उहाँका अनुसार १० जना भन्दा बढी युवाहरूको संयुक्त लगानीमा आठ रोपनी जग्गा १५ वर्षको लागि लिजमा लिएर फन पार्क सञ्चालनमा आएको हो ।
उहाँले ८ रोपनी जग्गा १५ वर्षको लागि लिजमा लिएर फन पार्क सञ्चालन गर्नुभएको हो । उहाँका अनुसार दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा ल्याएको हो । पाल्पाको रामपुर नगरपालिकामा दुई करोड लगानीमा आइकोनिक ग्रुप प्रालीले फन पार्क सञ्चालनमा ल्याएको हो ।
पार्कमा पिङ, झुला, रेल लगायतका बाल उद्यान सहित दुवो सहितको खुल्ला पार्क, रेस्टुरेन्ट, पसल तथा फोटो खिच्ने स्थान निर्माण गरिएको छ । आइकोनिक गुरुपले फन पार्क सँगै आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा होटल व्यवसायमा लगानी गर्ने लक्ष्य लिएको छ ।