पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले संविधान दिवस, २०८० को अबसरमा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई सार्थक बनाउन र संविधान दिवसलाई सफल बनाउन जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । कर्मचारी र जनप्रतिनिधि बीच भएको मैत्रीपूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधिलाई २ का विरुद्ध ५ गोल गरेर विजयी भएका छन ।
खेल सुरु भएको १३ औं मिनेटमा कर्मचारी समूहका हरि पराजुलीले पहिलो गोल गर्नुभएको थियो । निकै प्रतिस्पर्धात्मक रुपमा भएको खेलको ३१ औं मिनेटमा जीवन रानाले दोस्रो गोल गर्न सफल हुनुभयो । यस्तै खेलको मध्य भागमा नारायण मल्ल र लिलामणी बस्यालले एक एक गोल गर्नुभयो भने पाँचौ गोल पुन हरि पराजुलीले गर्नुभएको थियो । खेलको अन्तिम समयमा जनप्रतिनिधि समूहका हुम बहादुर बुढाथोकी र प्रदिप पौडेलले एक÷एक गोल फर्काउन सफल हुनुभयो ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले पछिल्लो समय फुटबल खेलप्रति युवाको ‘क्रेज’ बढ्दो देखिएको हुँदा संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता राखोको बताउनुभयो । उहाँले अगामी दिनमा गाउँपालिकाले खेलकुदको विकासका लागि हरेक वर्ष खेलकुदका कार्यक्रम प्राथमिकताका साथ गर्ने बताउनुभयो । दक्ष खेलाडी उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको लागि पठाउने वातावरण तयार गर्ने अध्यक्ष भटराईको भनाइ छ । उहाँले जनप्रतिनिधि र कर्मचारी बीच सम्बन्ध बलियो बनाउन मैत्रीपूर्ण फुटबल प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष युवराज थापाले हरेक खेलकुद देशको पहिचान, खेल र खेलाडी राष्ट्रको गहना भएको बताउनुभयो । स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाएर खेल मैदान रे पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।