
पाल्पा । तिनाउ गाउँपालिकाले कृषि क्षेत्रका लागि चालु आर्थिक वर्षमा १ करोड १४ लाख ७० हजार बजेट विनियोजन गरेको जनाएको छ । याे वर्ष गाउँपालिकाले कुल पूँजिगततर्फको बजेटको दुई दशमलव शून्य दुई आठ प्रतिशत रकम कृषिमा विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
यस आर्थिक वर्षमा गाउँपालिकाले वडा न १ मा तरकारी क्षेत्र विस्तार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख रुपौयाँ विनियोजन गरेको कृषि शाखा प्रमुख हेमन्त कुमार शर्माले बताउनुभयो । उहाँका अनुसार वडा न २ मा तरकारी क्षेत्र विस्तार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख, वडा न ३ मा च्याउ खेती विस्तार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख, वडा न ४ मा धनिया तथा खुर्सानी क्षेत्र विस्तार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख, वडा न ५ मा मौरी तथा धनिया खुर्सानी खेती विस्तारका कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख, वडा न ६ मा तरकारी तथा मौैरी क्षेत्र विस्तार कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा चार लाख बजेट विनियोजन गरिएको कृषि शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।
यसका साथै यस वर्ष मागमा आधारित कृषि कार्यक्रम अन्तगर्त फलफूल व्यवस्थापन कार्यक्रमका लागि ५० प्रतिशत अनुदानमा तिन लाख, अदुवा÷बेसार उत्पादन तथा बजारीकरणका लागि ५० प्रतिशत अनुदानमा चार लाख बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । यस्तै सतप्रतिशत अनुदानमा बाली उपचार शिविरका लागि तीन लाख, मागमा आधारित कृषक तालिमका लागि दुई लाख, आईपीएम. कृषक पाठशालाका लागि तीन लाख, मकै बाली उन्नत बीउ प्रवद्र्धन कार्यक्रमका लागि छ लाख, गाउँपालिका अध्यक्ष संग किसान कार्यक्रम अन्र्तगत विपन्न कृषकहरुलाई निःशुल्क कृषि सामाग्री वितरणका लागि चार लाख, गाउँपालिका उपाध्यक्ष संग अगुवा कृषक सम्मान कार्यक्रमका लागि दुई लाख, प्लाष्टिक पोखरी निर्माणको लागि निःशुल्क प्लाष्टिक वितरण कार्यक्रमका लागि १० लाख रुपैयाँ व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यसका साथै कृषि तथा पशुपंक्षी विकास समिति बैठक खर्चका लागि एक लाख,उत्पादनमा आधारित अनुदानमा १५ लाख, फलफूल बगैंचा स्थापना कार्यक्रमका लागि तिन लाख, रैथाने बाली बजारीकरण कार्यक्रमका लागि दुई लाख, बजार व्यवस्थापन सफ्टवेयरका लागि दुई लाख, कप कटिङ उत्पादकत्व पत्ता लगाउन एक लाख बजेट विनियोजन गरिएको कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । यस्तै प्रदेशतर्फ कृषि÷पशुपन्छी विकास कार्यक्रम अनुगमन तथा समन्वयमा एक लाख, तरकारी प्रवद्र्धन कार्यक्रमका लागि पाँच लाख, च्याउ प्रवद्र्धन कार्यक्रममा पाँच लाख, कागती प्रवद्र्धन कार्यक्रमका लागि पाँच लाखबाट काम हुने गाउँपालिकाले जनाएको छ ।
संघअन्तरगतको बजेटमा किसान सूचिकरणका लागि दुई लाख ७० हजार, पकेट निरन्तरता कार्यक्रमका लागि पाँच लाख र तथ्याङ्क अध्यावधिक गर्नका लागि एक लाख बजेट विनीयोजन रहेको छ । तिनाउ गाउँपालिकाको कुल जनसंख्या १७ हजार ७ सय ७७ रहेको छ । जसमा करिव दुई सय दुई वर्ग किलोमिटर क्षेत्रफलमा कृषि खेती हुँदै आएको छ ।