
पाल्पा । पूर्वखोला गाउँपालिका वडा नम्बर ४ देविनगरमा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
महिला उत्थान गाउँ समन्वय समिति देविनगरको आयोजना पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र देविनगर वडा कार्यालयको समन्वयमा महिला समूह स्तरीय तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।
महिला उत्थान गाउँ समन्वय समितिका सदस्य निरु परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले महिलाहरुलाई आर्थिक सामाजिक शिक्षा स्वास्थ्य रोजगारी क्षेत्रमा आत्मनिर्भर गराउन सके समाज र देशको विकास हुने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीन तहका सरकारले महिलामैत्री कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।
प्रतियोगितामा ११ वटा महिला समूहबाट सहभागी महिलाहरुले गीत र नृत्यबाट महिला अधिकार, शिक्षा , स्वास्थ्य, रोजगारको माग र वन्यजन्तुले अन्नबालीमा क्षति गराएकोले नियन्त्रण गनुर्का साथै कृषि पशु व्यवसायमा लागि आर्थिक वृद्धि बढाउनु पर्ने विषय उठान गरिएको थियो ।
प्रतियोगितामा भानुमाता महिला समूह माथिल्लो लेमधेम पहिलो, नवज्योति महिला समूह काफलडाडा दोस्रो र धारादेवि महिला समूह तल्लो लेमधेम तेस्रो भएका छन् । विजय समूहलाइ क्रमस नगद ३ हजार ५ सय, ३ हजार, २ हजार ५ सय संगै सहभागी सबै महिला समूहलाइ २ हजारको दरले पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रमका पूर्वखोला गाउँ कार्यपालिका सदस्य रेवतीसरा घर्ती, देविनगर वडाका पूर्व वडाध्यक्ष रिम प्रसाद श्रेष्ठ, वडा सदस्य लक्ष्मी विक, रिता ढकालले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
देविनगर महिला उत्थान गाउँ समन्वय समितिका सचिव चुनिसरा थापाको सञ्चालन र उपाध्यक्ष धनिसरा डालाको अध्यक्षतामा प्रतियोगिता चलेको हो ।