रैनादेवी छहराको पर्यटकीय स्थलका संरचना तोडफोड

पाल्पा । पछिल्लो समय रैनादेवी छहरा गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलमा निर्माण गरिएको संरचनाहरु तोडफोड भएका छन । गाउँपालिकाले पर्यटन क्षेत्रको पहिचान गरी पर्यटकलाई आकर्षित गर्न बनाएका संरचनाहरु स्थानीयहरुले नै तोडफोड गरेका छन । पर्यटनमार्फत आम्दानी बढाउने उद्देश्यका साथ गरिएको ठूलो लगानी स्थानीयस्तर बाटै व्यवस्थापन गर्नुपर्नेमा संरचनामा माथी तोडफोड र क्षती हुन थालेपछि समस्या आएको हो ।

गाउँपालिकाले लाखौ रुपैयाँ खर्च गरेर गाउँपालिका भित्रका पर्यटकीय स्थलमा विभिन्न खाले पूर्वाधार निर्माण गरेको छ । दीर्घकालीन रुपमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणलाई जोड दिएको भएता पनि तिलकथान पार्कमा निमार्ण गरेका संरचना माथी स्थानीय बाटै तोडफोड भएको वडाध्यक्ष गोविन्द रायमाझीले बताउनुभयो । गाउँपालिकाले घुम्न आउने आन्तरिक पर्यटनका लागि निमार्ण गरेको झुला रेलिङ पिङलगायत हेलीप्याड माथी जडान भएका लाईटहरु फुटाउने काम भएको छ । पूर्वाधार निर्माण गरेपछि आन्तरिक पर्यटकको संख्या बढेपनि भौतिक संरचना माथी तोडफोड गरिदिँदा समस्या भएको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताउनुभयो ।

गाउँपालिकाको केन्द्रमा रहेको तिलक थान पार्क प्राकृतिक दृष्टिले निकै सुन्दर रहेको छ । यो ठाउँको प्रचार प्रसारसँगै आवश्यक विकास गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम गरिएको वडाध्यक्ष रायमाझीले बताउनुभयो । यहाँ नेपाली सेनाको सहयोगमा हेलिप्याड समेत निमार्ण भएको छ । तिलक थान कालीका मन्दिर बल्डेङगढी र रैनादेवी मन्दिर धार्मिक दृष्टिले समेत प्रख्यात छन । पर्यटकीय र र्धाार्र्मक सम्भावना बोकेको यस्ता ठाउँमा विकासका लागि गाउँपालिकाले आवश्यक भूमिका निर्वाह गरिरहेको गाउँपालिका अध्यक्ष भटराईले बताउनुभयो ।

प्राकृतिक रूपमा निकै सुन्दर ठाउँ भएकाले यसको विकास गरेर आर्थिक पक्षसँग जोड्ने गाउँपालिकाको लक्ष्य छ । पछिल्लो समय आन्तरिक पर्यटनको रोजाई तिलकथान पार्क भएता पनि स्थानीयवासीको असहयोग र लापरबाहीले तिलक थान पार्कका संरचना असुरिक्षित बन्दै गएको गाउँपालिकाले जनाएको छ । ठुलो लगानीमा निमार्ण भएका संरचनालाई संरक्षण खाँचो रहेको तिलकथान मन्दिर व्यावस्थापन समितिका अध्यक्ष विष्णु पोखरेल बताउनुभयो । लगानी अनुसार संरक्षणका लागि स्थानीयवासीको भूमिका सकारात्मक हुनुपर्ने सरकारवालाको भनाइ छ । यसका साथै गाउँपालिकाले आफ्नो लगानीमा निर्माण गरेका संरचनाको दिगो संरक्षण र व्यवस्थित रुपमा सञ्चालनका लागि योजना बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन ।

सम्बन्धित खवर