पाल्पा । माथागढी गाउँपालिकाले कृषकहरूलाई उत्पादनका आधारमा अनुदान दिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले कृषकहरूले उत्पादन गरेको लागत हेरी समूह र सहकारी मार्फत बेचबिखन गरेका कृषकहरूलाई प्रोत्साहन अनुदान दिने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले नगद अनुदानको कार्यक्रम ल्याएको छ ।
कृषकले उत्पादन गरेका मासु, बाख्रा र लोकल कुखुरामा प्रतिकेजी २५ रुपैयाँ, पाडा/बङ्गुरको मासुमा प्रतिकिलो १५ रुपैयाँ, दुग्ध जन्य पदार्थमा प्रति लिटर ५ रुपैयाँ, तरकारी र फलफूलमा प्रतिकिलो ५ रुपैयाँ, अदुवा, बेसार र मसलाजन्य उत्पादनमा प्रतिकिलो ५ रुपैयाँ उत्पादनमा अनुदान दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।