पाल्पामा डेंगु र स्क्रव टाइफसका बिरामी बढ्दै 

तानसेन । पाल्पामा डेंगु सङ्क्रमित र स्क्रब टाइफस बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

वर्षायामको सुरुवातबाटै सक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । विगतका वर्षमा कम संख्यामामा बिरामी देखिएपनी अहिले दैनिक १० जनामा डेंगुको संक्रमण देखा परेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख डा राजेन्द्र गिरीका अनुसार हालसम्म पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा एक सय ८२ जनामा डेंगु पुष्टि भएको छ । पाल्पामा हालसम्म दुई जनाको डेंगु डेंगुका कारण मृत्यु भइसकेको छ । 
यस्तै जिल्लामा स्क्रब टाइफसको बिरामी पनि बढ्न थालेका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीका अनुसार जिल्लामा एक सय १९ जना स्क्रव टाइफसका बिरामी देखा परेका छन् । उहाँका अनुसार पाल्पाका सबै स्थानीय तहमा स्क्रब टाइफसका बिरामी भेटिएको छ ।

स्क्रब टाइफसबाट जोगिन खेतबारीमा काम गर्दा, वन जङ्गल, झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर ढाकिने कपडा लगाउनुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

सम्बन्धित खवर