तानसेन बहुमुखी क्याम्पस पाल्पाको ३४ औँ वार्षिकोत्सव समारोह सम्पन्न

पाल्पा । तानसेन बहुमुखी क्याम्पस पाल्पाको ३४ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहमा बोल्दै क्याम्पसका संस्थापक डा। राम प्रसाद शर्माले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रूपमा राखेकोले शैक्षिक स्तर वृद्धि गर्न तिनै तहका सरकार लाग्नु पर्ने बताउनुभयो । शिक्षाको विकासले मात्र समाज रूपान्तरण गर्न सकिने भएकोले तिनै तहका सरकारले शिक्षामा लगानी बढाउन आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो । निकै नै कठिन परिस्थितिमा स्थापना भए पनि क्याम्पसले राम्रै फड्को मारेको उहाँले बताउनुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख पुष्कर राज रेग्मीले ९९ लाख ४४ हजार ६ सय ३४ रुपैयाँ ३१ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष राजन प्रसाद पन्त, वडा न ७ का वडाध्यक्ष प्रदीप खनाल, पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली, प्राध्यापक राम प्रसाद ढकाल, पत्रकार प्रकाश नेपाल लगायतले क्याम्पसले शैक्षिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पसका प्राध्यापक राम प्रसाद ढकाल सम्मानित हुनुभएको छ भने विद्यालयले सञ्चालन गरेका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । क्याम्पसमा हाल ३३६ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ३० जना प्राध्यापक रहेका छन् ।

सम्बन्धित खवर