पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध काठ बरामद गरेको छ ।
प्रहरी चौकी हुंगी र ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा रामपुरको जनता फर्निचर उद्योगबाट अवैध काठ बरामद गरेको हो ।
रामपुर १० का लीला गाहाले सञ्चालन गरेको जनता फर्निचर उद्योगमा अवैध रूपमा सालको काठ छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले मङ्लबार साझ साढे सात बजेको समयमा खानतलासी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले बताउनुभयाे । उहाँका अनुसार उद्योगमा लुकाएर राखेको ९५ दशमलव आठ क्यु फिट सालको काठ फेला परेको हो ।
अवैध काठ बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय रामपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष चन्दले जानकारी दिनुभयो ।