स्वास्थ्य सेवा प्रवाहमा पूर्वखोला बन्यो पहिलो

पाल्पा । जिल्लाका दश स्थानीय तहमध्य स्वास्थ्य सेवा प्रवाहमा पूर्वखोला गाउँपालिका पहिलो बनेको छ ।

आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन आधरामा गरिएको मुल्याँकनमा पूर्वखोला सबैभन्दा प्रतिशत ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न कार्यसम्पादन र सेवा प्रवाहका २५ वटा सूचकका विषयमा मुल्याकँन समितिले गरेको मुल्याँकनमा ८३ दशमलव ८१ प्रतिशत प्राप्त गरी पहिलो बनेको बताउनुभयो ।

यसैगरी ८३ दशमलव ५२ प्रतिशत प्राप्त गरी निस्दी गाउँपालिका दोस्रो भएको छ । मुल्याँकनमा ८३ दशमलव १९ प्राप्त गरी रैनादेवी छहरा गाउँपालिका तेस्रो भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

मुल्याँकनमा पहलिा दोस्रो र तेस्रो हुने गाउँपालिकालाई सम्मान समेत गरिएको छ । गत वर्षको समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को कार्ययोजना गोष्ठीमा माथिल्लो अंक प्राप्त गर्ने उत्कृष्ट तीन गाउँपालिकालाई सम्मान गरिएको हो ।

पाल्पाका सबै गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा प्रभावकारी रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले बताउनुभयो । उहाँले कार्यसम्पादन मुल्याँकन गर्दा ७५ प्रतिशत अंक भन्दा कम कुनै स्थानीय तहको नआएको बताउनुभो । यसका आधारमा स्वास्थ्य सेवा कमजोर नभएको उहाँले दावी गर्नुभयो ।

सम्बन्धित खवर