
पाल्पा । अधिकांश क्षेत्रमा हेलिप्याडका लागि खुल्ला जमिनको प्रयोग हुने गरेकाे छ । विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टरबाट उद्धारका लागि पाल्पाको विभिन्न क्षेत्रमा हेलिप्याड निर्माण गरिएको भएपिन अधिकांश ठाउँमा खुल्ला जमिनकाे प्रयाेग हुने गरेकाे जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाका चार स्थानमा हेलिप्याड रहेका छन् भने अन्य स्थानमा विपद्को समयमा खुल्ला जमिनको प्रयोग गर्ने गरिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्ति सरा रानाले बताउनुभयो ।
तानसेन नगरपालिकाको टुडिखेलमा नाइट ल्यान्डिङ, प्रभासमा हेलिप्याड, वर्तुङ्ग र अर्गली मा विपद्को समयमा खुल्ला जमिनलाई प्रयोग गरिएको छ । रामपुरमा एक वटा हेलिप्याड र खालि वनमा खुल्ला जमिन प्रयोग हुँदै आएको छ । तिनाउको दोभानमा एक हेलिप्याड रहेको छ ।
यस्तै रामपुरको दर्छा र खालि बनमा खुल्ला जमिन, माथागढीको गोठादी, रम्भा गाउँपालिका को ताहुं र हुँगी, रैनादेवि छहरा गाउँपालिकाको सोमादी र
जुठापौवा, निस्दीको मित्याल, बगनासकाली गाउँपालिकाको नायरनम्तलेस र दर्लमडाँडा, रिब्दीकोटको मुझुङ र खस्यौलीको खुल्ला जमिनलाई विपद्को समयमा प्रयोगमा ल्याएको रानाले बताउनुभयो । दश स्थानीय तहमा विपद्को समयमा आकस्मिक अवस्थामा सामुदायिक भवन तथा विद्यालयको प्रयोग, खुल्ला जमिनको प्रयोग गर्ने गरेको रानाले जानकारी दिनुभयो ।