तानसेन । पाल्पामा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कपितानियो स्काउट ट्रुप तानसेन पाल्पाको आयोजनामा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका आठ विद्यालयको सहभागिता रहेको थियो जसमा रामपुर ईङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै बेथल स्काउट ट्रुप द्धितिय र माउन्ट भ्यालि स्काउट ट्रुप तृतिय भएको छ ।
प्रतियोगितामा विजयी समुहलाई नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समिति सदस्य तथा पाल्पा इन्चार्ज जीवन आचार्यले जिल्लामा हाल ३० भन्दा बढी विद्यालयमा स्काउटिङ् गतिविधि संचालन रहेको र २०८० भित्रमा १०० वटा बढी स्काउट ट्रुप बनाउने योजना रहेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।