
तानसेन । बरजु गुठी पाल्पाको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
तानसेनमा आयोजित कार्यक्रममा प्रमुख अतिथी रहनुभएका सह–प्राध्यापक डा.कविन्द्र बज्राचार्यले बरजु गुठीलाई आप्mनो उद्देश्य अनुरुप गरिएको कार्यहरुको प्रशंशा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गुठीका निर्वतमान अध्यक्ष सुरेशमान बुद्धाचार्यले शाक्यबज्राचार्य समुदायको पहिचानलाई कायम गर्नुपर्ने बताउनुभयो । उँहाले शाक्यबज्राचार्य समुदायलाई सबल र समृद्ध बनाउने उद्देश्यसहित गुठिको स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा गुठिका कोषाध्यक्ष धिरज बहादुर बज्राचार्य र महासचिव दिनेश बहादुर बजा्रचार्यले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै आगामी दुई वर्षका लागि अधिवेशनबाट प्रविन बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा दिनेश बहादुर बज्राचार्य, सचिवमा बसन्तलाल बज्राचार्य, महासचिवमा धिरज बज्राचार्य, कोषाध्यक्षमा ज्ञानेन्द्र काजी शाक्य, र कार्य समिति सदस्य पदमा क्रमशः महेशलाल शाक्य, सुरज बज्राचार्य, नारायणबहादुर बज्राचार्य, संजयराज शाक्य विरेन्द्रराज शाक्य, राजेश बज्राचार्य, पुरनबहादुर बज्राचार्य, राजेन्द्रबहादुर बज्राचार्य, महेशमान बज्राचार्य र सुरन बहादुर शाक्य निर्विरोध निर्वाचित हुनु भएको निवर्तमान अध्यक्ष
सुरेशमान बुद्धाचार्यले जानकारि दिनुभयो ।