पाल्पामा आत्महत्या गर्नेको डरलाग्दो तथ्याङ्क

तानसेन । पाल्पामा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ ।

जिल्लामा चालु आर्थिक वर्षको भदौ २४ गते सम्ममात्रै १७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्नेमा बढि पुरुष रहेको प्रहरीले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ७२ , २०७९/८० मा ८५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्व शर्माले बताउनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७८/०७९ यता १ सय ७४ जनाले आत्महत्याको बाटो रोजेका छन् जसमा एक सय १३ जना पुरुष , ५० महिला , आठ बालिका र तिन बालक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागेर मात्र नियन्त्रणमा आउन नसक्ने र यसका लागि सबै पक्षको सहयोग चाहिने प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

सम्बन्धित खवर