लोप हुदैँ तीजका पुराना भाका

पाल्पा । हिन्दु परम्पराको सांस्कृतिक पहिचान बोकेको तीजका मौलिक भाका पछिल्लो समय पातलिदैँ गएको छ ।

कृष्णजन्माष्टमीको अघिल्लो दिनदेखि हरितालिका तीजको पञ्चमीसम्म गाउँघरमा महिलाहरुको समूह बनाई गाइने गीतहरु हराउँदै गएको हो । पुराना तीजका भाकामा वर्षदिनभरीका काम, सुख दुख ,योजना दायित्व र कर्तव्यलाई समावेश गरेर गीतहरु गाइने तानेसन ९ की भुमिकला पाण्डेले संस्कृती हराउनु जस्तै भएको बताउनुभयो । बुढापाकाहरू थलिएसंगै पुराना संस्कृती रितिरिवाजहरू पनी मासीदै गएको उहाँको अनुभव छ ।

हरितालिका तीज विशेषत दर खाने त्यस्तै भोलिपल्ट महिला दिदिबहिनी एकैठाउँमा जम्मा हुने र एक अर्कामा परेको वेदना, सुखदुःख गीत मार्फत साटासाट गर्ने पर्व हो । तर अहिले संचारको सुविधा सँगै मोबाइलमा सबै हेर्न र सुन्न पाइने भएपछि पर्वको रौनकता हराएको हो ।

मायाप्रिति दुःखसुखका गीत गाएर रमाइलो गर्न जम्मा हुने समूह हिजोआज कुनै कार्यक्रममा मात्र भेट हुने गरेका छन् । अहिले सबै कुरा मोबाइल , टेलिभिजनमा मात्र हेर्न र सुन्न पाइने भएपछि समूहगत भेट हुन छाडेको तानसेन ७ का सरस्वती खनालले बताउनुभयो । आफूहरु सानो हुँदा आमा सगँ गीत गाउन हिडेको सम्झदैँ भन्नुभयो , अहिले त सबै मोबाइलमै आउछ तीज गएको पत्तै हुदैन् । उँहाले भन्नुभयो ‘ हजुरबाबा हजुरआमाको पालामा गाइने गीत अहिले सुनिन छाडेका छन् । यो राम्रो पक्ष हुदैँ होइन् ।

वर्षैपिच्छे स्थानिय सरकार लगाएत विभीन्न सघंसस्थाले पर्व संरक्षणमा लाखौँ रकम खर्च गरी तीज गीत प्रतियोगिता राख्दछन् तर केहि बेरको प्रतियोगीताले संरक्ष्ण नहुने सरोकारवाला बताउँदछन् । सानैबाट परिवारले असल संस्कार सिकाएमा मात्र जर्गेना गर्न सकिने जिल्ला समन्वय समिती पाल्पाका उपप्रमुख काशीका गैरेले बताउनुभयो ।

दुई दशक अघि सम्म १५/२० जना महिलाहरु आपसमा सवाल जवाफ गर्दै तीज गीतमा रमाउने गर्थे । पाल्पाका गाँउ बस्तीमा आधुनिकता बढेसगैँ महिलाले लगाउने गुन्युँचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको छ । बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोसाक समेत हराउन थालेको छ । पुर्खाहरुले लगाउने पहिरनको कुनै अवशेष नै छैन् । पछिल्लो समय मादलका भाका पनि लोप हुने अवस्थामा पुगेका छन । बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा मादल लगाएत अन्य बाजाका साम्रागी संकटमा परेको गाउँका अगुवाहरुले बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय