पाल्पा । मुख्य राजमार्ग एव्म सहायक राजमार्गहरुमा कालोपत्रे उकिएपछि रातो माटोले खाड्ल पुर्ने गरेको पाइन्छ ।
कालोपत्रे सडकमा रातो माटो प्रयोग गर्दा सडकको अवस्था विजोग हुँदै गएको छ । रातो माटोले टालेका सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेका छन् । असार मसान्तको बेला हतार हतार कालोपत्रे गरि टालेका ठाँउ ६ महिना पनि नटिकेपछी ममर्तको नाममा रातो माटो हाल्ने गरिएको छ ।
सडकका खाल्डाखुल्डी र रातो माटोले पुरिएका स्थानले यात्रा गर्न निकै कठिन भएको यात्रु विनायक पाण्डेले बताउनुभयो । सडक डिभिजन कार्यालयले मर्मतमा लापरबाही गर्दा यात्रुले सास्ति व्यहोर्नु परेको सरोकारवाला व्यक्तिहरुले बताएका छन् ।
सडक मर्मत गर्दा गुणस्तरिय सामग्रीको प्रयोग नहुनु, बर्खाको समयमा मर्मत हुनु, आवश्यक मापदण्ड पुरा नहुनु जस्ता कुराले सडक गुणस्तरिय नहुने गरेको प्राविधिकहरु बताउँछन् ।