गौ वंश हत्याको विरुद्धमा आइतबार पाल्पामा सद्भाव र्‍याली हुने

पाल्पा । गौ वंश हत्याको विरुद्धमा भदौ २४ गते आइतबार पाल्पामा शान्ति सद्भाव र्‍याली निकालिने भएको छ ।

विश्व हिन्दु महासंघ पाल्पा र ओमकार परिवारको संयुक्त आयोजनामा र्‍याली निकाल्ने भएका हुन् । जिल्लाको सदरमुकाम तानसेनमा र्‍याली निकाल्ने तयारी भइरहेको शनिबार तानसेन पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । धरानलगायत देशका विभिन्न ठाउँमा भएको गौ हत्या गर्नेलाई कारबाहीको मागका लागि र्‍याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताउनुभयो ।

देशमा गौ हत्या अन्त्य, गौ हत्या सम्बन्धी बनेको संवैधानिक कानुनको पूर्ण पालना, धर्मान्तरण रोकिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, सामजिक सद्भाव कायम गर्नुपर्नेलगायतका माग राखी दबाबमूलक शान्तिपूर्ण सद्भाव र्‍याली निकाल्न लागिएको अध्यक्ष पौडेलको भनाइ थियो ।

तानसेनको टुंडीखेलबाट बिहान ११ बजे र्‍याली सुरु हुनेछ । ¥यालीमा जिल्ला भरिका एक हजार बढीको सहभागिता रहने आयोजकको अनुमान छ । र्‍यालीले तानसेन बजार परिक्रमा गर्ने सचिव तुल्सी शर्मा गैरेले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा संविधान अनुसार देश चल्न पर्छ । हामीले केही लाद्न खोजेको छैनौं । सबै जातजाति, लिंग, धर्मको देश हो । कसैले कसैलाई अपमान गर्न भएन । शान्ति सद्भाव कायम गर्नुपर्ने हिन्दु महासंघका केन्द्रीय सदस्य भीमलाल भट्टराईले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय