मातापिताको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

पाल्पा । तिनाउका दिल बहादुर दर्लामी र रिमिसरा दर्लामीको स्मृतिमा वडा न ५ चर्चरेका दर्लामी दाजुभाईले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेका छन् ।

दुई दाजुभाईले मातापिताको स्मृतिमा प्रथम सी लेभल ब्याडमिन्टन प्रतियोगिता माथागढीको सराईमा आयोजना गरेका हुन् ।
यूवालाई खेल क्षेत्रमा अघि बढाउनुपर्छ भन्ने भावना बोकेर कार्यक्रमको आयोजना गरेको दलार्मी दाजुभाईले बताएका छन् ।

सराईको कवर्डहलमा आयोजना गरिएको कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी , वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्ती लगाएत सरोकारवाला व्यतिmहरुको आतिथ्यता रहेको थियो ।

गाउँपालिकाले दुई दाजुभाई टिका बहादुर दर्लामी र मान बहादुर दर्लामीलाई प्रतियोगिता आयोजना गरेर यूवाहरुलाई खेल प्रति प्रोत्साहन गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

प्रतियोगितामा वृन्दावन ब्याडमिन्टन क्लबले समन्वय गरेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश १५ हजार, १० हजार र २ हजार ५ सय प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय