
पाल्पा । चालु आर्थिक वर्षमा तिनाउ गाउँपालिका वडा न २ अन्तरगत पर्ने नुवाकोट हरियाली गाउँ ज्यामिरे मोटरबाटोको स्तरोन्नति गरिने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा संघीय समपुरक बजेटबाट ८० लाख र स्थानीय सरकारले ८० लाख गरी कुल १ करोड ६० लाख रुपैयाँमा सडक स्तरोन्नति गर्ने काम हुने भएको हो ।
स्तरोन्नतिको काम हुने सडकको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक र स्थानीयवासीको टोलीले स्थलगत अवलोकन तथा प्राविधिक स्टीमेटको काम गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले छिटो भन्दा छिटो निर्माण कार्यको लागि प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
यो सडकको स्तरोन्नति भएपछि यस भेगका स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य र यातायातमा सहज पहुँच हुने अध्यक्ष श्रेष्ठको भनाइ छ । यसका साथै यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।