मगर संघ माथागढीकाे अध्यक्षमा  थापा चयन

पाल्पा । नेपाल मगर संघ माथागढी गाउँपालिका समितिको अध्यक्षमा भेषराज थापा चयन हुनुभएको छ ।

नेपाल मगर संघ माथागढीको पहिलो अधिवेशनबाट अध्यक्ष भेषराज थापा चयन हुनुभएको हो । यसका साथै समितिको उपाध्यक्षमा विष्णु बहादुर सारु, सचिवमा खोम बहादुर राना, कोषाध्यक्षमा पुष्पा थापा, सह–सचिवमा भृकुटी राना चयन हुनुभएको छ ।

यस्तै समितिको सदस्यहरुमा राजन बलाल, खेमान दिशा, यान सिं थापा, हुम बहादुर थापा, चुनी सरा बारघरे, माया सारु, रुकुमी सुनारी, हुमा दर्लामी, टिका प्रसाद राना, मान बहादुर सारु, दिपेन्द्र गाहा रहनुभएको नेपाल मगर संघ प्रदेश समिति सचिव तेज घर्ति मगरले जानकारी दिनसभयो । अधिवेशनले पछि ३ जना सदस्य मनोनित गर्ने गरी १९ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय